तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ उपत्यकाकासहित काभ्रेपलाञ्चोक जिल्लामा आगामी भदौ १० गतेदेखि पानीको नयाँ मूल्य निर्धारण हुने भएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रतिस्पर्धाले बजारमा पानीको जथाभावी मूल्य कायम गरिएकाले विभिन्न उद्योगको स्थलगत अध्ययन तथा निरीक्षणपछि मूल्य समायोजन गरिएको  जनाएको छ। 

मूल्य निर्धारण कार्यदलका संयोजक एवं विभागका बजार अनुगमन शाखाका निर्देशक सागर मिश्रका अुनसार विभिन्न २१ पानी उद्योगको निरीक्षणपछि मूल्य निर्धारण गरिएको हो। पानी उद्योगको स्थलगत निरीक्षण तथा पानीका जार र बोतलको मूल्य निर्धारण सम्बन्धमा गठन गरिएको कार्यदलले पानी उद्योगले उपलब्ध गराएको सूचीलाई पाँच क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रबाट चारचार उद्योग नमूनाका लागि छनोट गरेर निरीक्षण गरेको थियो।

नयाँ मूल्यअनुसार ६० लिटर पानी भएको प्रतिजारको मूल्यमा दश तथा प्रतिलिटर बोतलको पानीमा दुई रुपैयाँ घटाइएको छ ।  एक जारको अधिकतम खुद्रा मूल्य ५० तथा प्रतिबोतल १८ मूल्य भएको बोतलको मूल्य१६ कायम हुनेछ।

मिश्रका अनुसार पिउनपानीको उत्पादन र बिक्रीवितरण  सुव्यवस्थित गरी उपभोक्ताले सुलभ तरिकाले सुपथ मूल्यमा जार तथा बोतलका प्रशोधित पिउने पानी प्राप्त गर्न सकून् भनेर मूल्य निर्धारण गरिएको हो।

गत असार २५ गते विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अध्यक्षतामा बसेको बैठकले प्रशोधित पानीका जार तथा बोतलको मूल्य निर्धारण गर्न कार्यशर्तसहित पानी उद्योगको स्थलगत निरीक्षण गर्न पाँच सदस्यीय कार्यदल समिति गठन गरेको थियो। उक्त समितिमा सदस्यका रुपमा खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल बोटलर्स वाटर एशोसिएशनका महासचिव धुव्रबहादुर गौतम र विभागका अनुगमन अधिकृत ध्रुव खनाललाई राखिएको थियो।

प्रशोधित पानी प्रतिजार कम्पनी मूल्य २०, बिक्री मूल्य ३५, प्रतिबोतल बिक्री मूल्य १६ तथा प्रतिप्याक बिक्री मूल्य १३५ कायम गरिएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …