तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कोरोनाका कारण भएको बन्दाबन्दीले बलिउड उद्योग खस्किएको छ । तर यस्तो विषम् परिस्थितिमा पनि कुन कलाकारको कमाइ कति भन्ने विषयले चर्चा पाएको छ ।

यसैबीच बाहुबली अभिनेता प्रभाससँग जोडी बाँध्न दीपिकाले २० करोड भारु पारि श्रमिक लिएपछि उनी सर्वाधिक महँगी भारतीय अभिनेत्री भएकी छन् । यो जोडी नाग आश्विनको निर्देशनमा बन्ने ‘साइफाई फिक्सन’मा एकसाथ देखिन थालेको छ । दीपिका र प्रभासको जोडी बाँध्न निर्माताले महँगो रकम खर्चिएका हुन् ।

बलिउडमा सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीमा दीपिका पादुकोणसँगै आलिया भट्ट, अनुष्का शर्मा लगायतको नाम अगाडि आउँछ । पछिल्लो समय कुनै पनि फिल्ममा नदेखिएकी अनुष्का शर्मा पनि महँगो नायिकाको गणनामा छिन् । ‘पाताल लोक’ र ‘बुलबुल’को निर्माताका रूपमा समेत काम गरेकी अभिनेत्री शर्माले उत्कृष्ट अभिनयको छाप छाडेकी छन् । यहाँ केही बलिउड अभिनेत्रीको कमाइको चर्चा गरिन्छ :

 दीपिका पादुकोण

महँगी अभिनेत्रीको चर्चा गर्दा दीपिका पादुकोणको नाम स्वतः अगाडि आउँछ । उनी सन् २०१८ मा ४८ करोड कमाइ गरेर १०औं नम्बरमा पर्न सफल भएकी थिइन् । तर अहिले उनी चौथो नम्बरमा पुगेकी छन् । उनको पछिल्लो वर्षको कमाइ १११.८ करोड भएको छ ।

 आलिया भट्ट

आलिया भट्ट पछिल्लो समय अधिक कमाइ गर्ने अभिनेत्रीमा आउँछिन् । उनी सन् २०१९ को फोब्र्सको सूचीमा समेत सामेल भएकी थिइन् । उनको पछिल्लो कमाइ ५९.२१ करोड रहेको छ।

 प्रियंका चोपडा

ग्लोबल आइकन प्रियंका चोपडा जोनास पछिल्लो समय सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीको टप सय सेलिब्रिटीको सूचीमा पर्छिन् । उनी ४९ नम्बरबाट १४औं मा आइपुगेकी छन् । पछिल्लो समय प्रियंकाको कुल कमाइ २३.४ करोड थियो । इन्स्टाग्राममा धनीको सूचीमा सन् २०१९ की सबैभन्दा धनी भारतीय सेलिब्रिटीका रूपमा पनि उनी मनोनयन भएकी थिइन् । उनले पछिल्लो समय इन्स्टाग्रामको एउटा पोस्ट बराबर १.९२ करोड पाउँछिन् ।

अनुष्का शर्मा

अभिनेत्री तथा निर्मात्री अनुष्का शर्माको सन् २०१९ को कमाइ २८.६७ करोड थियो । उनी सबैभन्दा धेरै कमाइ गर्ने अभिनेत्रीको सूचीमा २१औं नम्बरमा पर्छिन् ।

 कैटरिना कैफ

बलिउड अभिनेत्री कैटरीना कैफको अघिल्लो वर्ष कमाइ २३.६३ करोड थियो । उनी धनी अभिनेत्रीहरूको सूचीमा २३औं नम्बरमा पर्छिन् । उनी केही ठूला ब्रान्डका एम्बेसडरसमेत हुन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …