तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

तपाईंले बेस्सरी टाउको दुख्ने माइग्रेन रोगका बारेमा त पक्कै सुन्नुभएको होला । विश्वभरिमा एक अर्ब व्यक्ति माइग्रेनबाट ग्रस्त छन् । कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको फुट्ला झैं गरी दुख्छ ।

माइग्रेन दिमागको एक भागमा मात्र हुन्छ र यो दुई घन्टादेखि ७२ घन्टासम्म रहन्छ । माइग्रेन भएको मानिसलाई अचानक बान्ता गर्न मन लाग्छ । उनीहरूलाई प्रकाश, ध्वनि वा गन्धका कुनै पनि किसिमले असहज स्थिति ल्याउँछ ।
पुरुषभन्दा महिलालाई माइग्रेनको समस्याले बढी सताउँछ । यसबाट मुक्ति पाउने घरेलु उपाय हामी यहाँ बताउँछौं ।

तुलसीको तेल प्रयोग गर्नुभयो भने माइग्रेनबाट छुटकारा पाउनुहुन्छ । यो तेलले मांसपेशीलाई शान्त बनाउँछ र टाउको दुख्ने कारणका रूपमा रहेको तनावलाई पनि घटाउँछ ।

लवेन्डरको तेलले पनि माइग्रेन घटाउन मद्दत गर्छ । एउटा कचौरामा ६ कप उम्लेको पानी हाल्नुस् । त्यसमा केही थोपा लवेन्डर तेल हाल्नुस् । अनि यसको बाफ लिनुस् । माइग्रेनबाट मुक्ति पाइन्छ ।

लवेन्डरको तेल कनपटीमा दल्नुभयो भने पनि आराम पाउनुहुन्छ ।

केरामा प्रशस्त पोटासियम हुन्छ र यसको बोक्रामा बरफ हालेर टाउकोमा बाँध्नुभयो भने पनि माइग्रेनबाट मुक्ति पाउनुहुन्छ । यसरी बोक्रा बाँध्दा निधारले पोटासियम सोसेर आराम दिन्छ ।

आलस खानुभयो भने पनि माइग्रेनबाट मुक्ति पाइन्छ ।

बकह्वीटमा रुटिन नामक तत्त्व हुन्छ जसले माइग्रेन घटाउन मद्दत गर्छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …