तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

स्थानीय तहमा कम्तीमा एउटा बैंकको शाखा पुर्‍याउने सरकारी लक्ष्य अनुसार माछापुच्छ्रे बैकले हलेसी तुवाचुङ नगरपालिका वडा नं. २ डिकुवाकाे दाम्लीमा शाखा रहित बैकिङ सेवा सञ्चालन गरेको छ ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका भाैगलिक रूपमा बिकट, ग्रामीण भेग र बस्तीहरूमा वित्तीय पहुँच विस्तार गर्ने नगरपालिकाकाे  उदेश्य अनुरूप हलेसी तुवाचुङ नगरपालिका वडा नं. २ डिकुवाकाे दाम्लीमा माछापुच्छ्रे बैंक लिमिटेडकाे शाखा रहित बैकिङ सेवा आजबाट सञ्चालनमा आए सँगै सेन्चुरी र साल्पा विकास बैक गरी यस नगरमा शाखा बैक ३ वटा रहेको हलेसे तुवाचुङ नगरपालिकाका अध्यक्ष ईवन राईले आगमन  खबरलाई बताए ।

बैंकबाट प्रवाह हुने सेवाकाे ९०% सेवा शाखा रहित बैकबाट सेवा प्रवाह गरि जनतालाई हलेसी, दिक्तेल धाउनु पर्ने अवस्थाकाे अन्त सँगै  हलेसी तुवाचुङ बासीहरुको समय र पैसा दुबैको बचत भएको अध्यक्ष राईले भने ।

माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंक तुवाचुङ नगरपालिकाका ६ वटा वडामा विस्तार गरिने अध्यक्ष राईले बताए ।

वित्तीय कारोबार समुदायमा सन्चालन हुँदा खोटाङको तुवाचुङ नगरपालिकाका बसिन्दामा खुशी छाएको  छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …