तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक गर्नुभएको छ । उद्योगपति स्किलिङ इकोसिस्टम सरोकारवाला, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिको भेलाका बीच ‘रोजगारी सर्भिस प्रालि र यूकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सिप)को पहलमा बिहीबार भर्चुअलको माध्यमबाट आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त अभियानको सार्वजनिक गर्नुभएको हो ।

उक्त अभियान सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले यस अभियान बेरोजगार युवाका लागि महत्वपूर्ण हुने बताउनुभयो । अभियानको लोगो र नारा सार्वजनिक गर्दै मन्त्री खतिवडाले भन्नुभयो, “म विश्वस्त छु कि यस्ता बजार नेतृत्व स्किलिङ पहलले गति लिन पाउनेछन् र सफलतापूर्वक सरकार, निजी क्षेत्र, नागरिक समाजबीच परिकल्पना गरिएको सहकार्य निर्माण गर्नेछ ।

रोजगारी सिर्जना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीति ल्याइरहेको भन्दै उहाँले यसले उज्ज्वल आर्थिक भविष्यलाई सक्षम बनाउन सहयोग पुग्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

यस अभियानअन्तर्गत आप्रवासी र आर्थिक रूपले वञ्चित, सामाजिक बहिष्कृत समूहहरूको जीवनयापन आवश्यकताको प्रक्रिया दिन अघिल्ला प्रयासमा निर्मित भएको जनाइएको छ । कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग सात लाख नेपाली श्रमिक विदेशबाट फर्किने अनुमान गरिएको छ ।

रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्रराज गिरीले ‘अब देशमै छ रोजगारी’ अभियान र यूकेएड (सिप) र अन्यसँगको हाम्रो सामूहिक साझेदारीले नेपालको मानव संसाधनमार्फत रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पु¥याउन सामूहिक उत्प्रेरित गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा श्रीनगर एग्रो फार्मकी मौषमी श्रेष्ठले नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलताको सम्भावना रहेको बताउनुभयो । पवन गोल्यान, विष्णु अग्रवाल, रचना थापा र शेखर गोल्छाले देशमा सीपयुक्त दक्ष रोजगारी सिर्जना र उद्यमशीलताका लागि उद्योग नेतृत्व संयुक्त लगानी मोडल र सहकार्यको आवश्यकता औँल्याउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …