तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल - वालिङ ,६ मिर्दी

पृथ्वीको उत्पत्ति, स्रृष्टि र प्रलयको सम्बन्धमा अनेकन विश्वासहरु छन् । धर्ममा आस्था राख्नेहरु स्रृष्टिर प्रलय दुवै इश्वरीय कार्य मान्दछन भने विज्ञानले यसलाई प्राकृतिक संघातको परिणाम मान्दछ । पृथ्वीको सतहमुनीको खनिजतत्व, जिवाष्म, तथा मानवप्रयोगका वस्तुको उत्खनन गरी त्यस वस्तुको आयुको गणनागरी, ‘स्रृष्टिको विकासक्रमलाई वैज्ञानिकहरुले तथ्यसाथ पुष्टि गर्नेगरेका छन् भने धार्मिक व्यक्तिहरुले वस्तुगत तथ्य तथा प्रमाणहरु दिन नसकेता पनि आआफना धार्मिक ग्रन्थहरुको आधारमा दार्शनिक र तार्किक आधारहरु प्रस्तुत गर्ने गर्दछन् ।

विश्वास र प्रमाणित गर्ने आधार जेसुकै भएतापनि आखिर हामी बस्ने पृथ्वी एउटै हो, हामी सवैको शरीर सम्वन्धि रचनात्मक बनोट एउटै छ । जन्मनु, उत्पत्ति हुनु, बढ्नु र समाप्त हुने प्रकृया पनि सन्सारभर एउटै छ । अहिलेपनि हाम्रा अगाडि घटेको कुनै एक घटना सम्वन्धी वर्णन गर्दा व्यक्तिको दृष्टिकोण, प्रस्तुतीको काव्य क्षमता, श्रृङ्गार रस आदिले एउटै घटना पनि वेग्लै वेग्लै हो कि जस्तो लाग्ने गर्दछ । जसरी एउटा फूलको फक्रने कृत्यलाई वनस्पति विज्ञले फरक तत्व विवेचन गर्दछ भने एक कविले त्यसैलाई प्रकृतिको चरम प्रेमको प्रस्फुटन भन्दै कवितामा हराउन थाल्दछन् । तसर्थ स्रृष्टि, इश्वरको परम निगाहबाट होस् वा प्रकृतिक संघातको परिणाम होस्, आखिर सवैको लागि यो अपूर्व, कौतुहल र रहस्यले भरिएको घटना भएकोले यसका बारेमा आआफना निष्कर्षहरु निर्धारित छन् र सबैको अन्तर्यमा सायद सत्य नै छिपेको छ । प्राचीन समयको पृथ्वीको प्रलय सम्वन्धी तीनवटा धर्म ग्रन्थमा प्रस्तुत घटनाहरुको प्रकृतिे, संयोगवस मिल्न गएको हो वा ती बेग्लै कालखण्डका घटना हुन वा एउटै घटना तीन फरक शैलीमा प्रस्तुत भएको होला यहांँ तुलना गर्ने प्रयास गरिएको छ, हेरौं ।

हिन्दुधर्म ग्रन्थ, अग्नी पुराणको मत्स्यावतार खण्डमा एक कथा छ । मोक्ष तथा सिद्धिको लागि जपतप तथा साधना गर्ने वैवस्वत मनु, एक दिन सवेरै दैनिक कर्म सकेर, कृतवर्मा नदीमा स्नान गरी , पितृहरूलाई तर्पण दिनको लागि नदीवाट हातमा जल उवाँउदा एउटा सानेा माछा हातमा आयो । मनुले माछोलाई नदीमा छाड्न लाग्दा माछाले भन्यो “ हे राजन !, मलाई नदीमा छाडिदिँदा विभिन्न जल जन्तुले खानेछन्, यसर्थ मलाई बचाउनुहोस” भनेर आग्रह गरेकोे हुंँदा उ्क्त सानो माछाको भुरोलाई मनुले कलशमा राख्दछन्, एकछिन पछि माछो कलशमा नअट्ने ठूलो हुन्छ, पोखरीमा राख्दछन्, फेरिपनि अट्दैन ठुलो हुन्छ र भन्छन् “राजन ! मलाई अझै ठुलो ठाउँमा राख” । फेरि समुन्द्रमा राख्दछन् क्षणभरमा माछो हजारौं योजनको धेरै ठुलो हुन्छ ।

यो अदभुत दृश्यबाट प्रभावित भएर मनुले हात जोडेर भन्छन “हे देव ! हजुर सामान्य प्राणी होइन पक्का पनि स्वयं भगवान विष्णु हुनुपर्दछ । मलाई क्षमा गर्नुहोस र आज्ञाहवस् म के गरुँ ” ? तव माछाले मनुलाई भन्छन् हेर “मनु ! म दुष्टको नाश गर्न र जगतको रक्षा गर्न उत्पत्ति भएको हुँ, आजको सात दिनमा यो सारा पृथ्वी समुन्द्रवाट जलमग्न हुनेछ, त्यसवखत एक नाउ आउनेछ त्यसमा तिमीले स्रृष्टिको सारा जीव तथा चराचरको वीजहरु राखेर सर्परुपी रसीले मेरो सिङमा वाँध्नु, त्यसवेला म त्यहांँ आउनेछु । सप्त ऋषि पनि तिम्रो साथमा रहनेछन् । व्रम्हाको एक रातभर पृथ्वी जलमग्न हुनेछ, त्यसवखतसम्म तिमी नाउमा रहनुपर्ने छ ।” मनुले सोही अनुरुप नाउमा स्रृष्टिको सारा वीज वा जोडीहरु राखेर सुरक्षा गरी व्रम्हको रातभरको समय बसे, नाउ भन्दा वाहिर रहेकाे सम्पूर्ण जीव वनस्पतिकाे नाश भयाे । रातपछि पृथ्वीमा जल घट्यो । नाउवाट मनुले सारा वीजहरु उतारे पछि पुनः त्यहि संरक्षित वीजवाट पुनः श्रृष्टीको प्रारम्भ भएको कथा छ । (श्रोत—अग्नी पुराण हिन्दी अनुवाद— गीता प्रेस)

यस्तै कथा द होली बाइबलको उत्पत्ति खन्डकाे छैटौं, सातौं पर्वमा पनि भेटिन्छ । परमेश्वरलाई स्रृष्टि गरेकोमा पश्चाताप भएछ, मानिसहरुको विग्रदो चाला देखेर । इश्वरका प्रिय रहेका नुहलाई परमेश्वर भन्छन “हेर ! अबको ७ दिन भित्र पृथ्वी जलमग्न गरेर यो श्रृष्टिको अन्त गर्दैछु । तिमीले ३०० हात लामो ५० हात चौडा तथा ३० हात उचाई भएको ढोकासहितको नाउ बनाउनु । त्यस नाउमा तिम्रा ३ भाई छोराहरु, वुहारीहरु तिम्री पत्निसमेत बस्नु । सबै जीवित जीवको पतिपत्नी को एक जोडी नाउमा राख्नु ताकी यिनीहरुवाट फेरी स्रृष्टि वढ्ने छ । पृथ्वी जलमग्न हुने समयसम्म सवै जोडीहरु सहित तिमी नाउमा रहनु पर्ने छ । नाउमा तिमीहरु सवैको लागि खानाको पनि वन्दोवस्त गर्नु” । यहोवाले भने अनुसारनै सवै जाेडीहरू लिएर छ सय एक वर्षसम्म नुह नाउमा बसीरहे । पृथ्वीको जल घटेपछि नाउवाट उत्री तिनै मानिस तथा जीवका जोडीहरुवाट पुनः स्रृष्टि गरिएको भन्ने प्रसङ्ग रहेको छ । (श्रोत— द होली वाइवल, हिन्दी, भोलुम १)

यस्तै मिल्ने कथा, पारसी जरथुस्त्र धर्मको ग्रन्थ “जेन्द अवेस्ता”मा अहुर मज्दाले (ईश्वर ) यमलाई (पारसी धर्ममा पनि हिन्दु धर्ममा जस्तै यमलाइ देवता मानिदाे रहेछ) भनेका छन् “हेर ! यो एर्यन वेइजोमा वाफको आक्रमण हुदैछ, दिन र रातको रुप वदलिदै छ, यसवाट प्राणीहरु जोगाउन सवै प्राणीहरुको एक एक जोडी लिएर तिमी अर्को अग्लो स्थानमा गएर बस ! त्यस पछि तिनै प्राणीहरुवाट स्रृष्टिकाे निरन्तरता रहनेछ” भनिएको पाइन्छ । (श्रोत—पुस्तक,आर्योँका आदि देश—सम्पुर्णनन्द, संवत २०१०)

भुगर्भशास्त्री र धेरै वैज्ञानिकहरुले पनि पृथ्वीको उत्पत्ति पछि पृथ्वीमा धेरै पटक हिउँवाट, भयंकर वर्षाका कारण जलको स्तर बढेर डुवानमा परिकन, ज्वालामुखीवाट निस्कने लेदाे र तरल अग्निको डुवानले, जीव तथा जनावरको विनाश भई खण्ड प्रलय भएका दृृष्टान्तहरु उल्लेख हुनु र त्यसैसंग मिल्दा धार्मिक ग्रन्थहरुमा प्रलय तथा स्रृष्टि सम्वन्धी कथा उल्लेख हुनुमा, कहीँ न कहीँ सामिप्यता र सत्यता छ भन्न सकिने देखिन्छ । हिउँ,वाफ, वर्षा र बाढी सवै जलका रूपहरू हुन । लेखकको व्यक्तिगत प्रस्तुतिका तौरतरिका, देश र काल अनि भुखण्ड अनुसारका प्रस्तुतिका शैलीहरुका भिन्नताले एउटै घटनालाई फरक ढंगबाट अभिव्यक्त गरिएको हुन सक्ने सम्भावनालाई इन्कार गर्न भने सकिदैन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …