तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

कर्ण बहादुर अधिकारी संस्थापक सचिव नेपाली जनसम्पर्क समिति मकाउ

नेपाली कांग्रेस पार्टीको संस्थापक एवं नेपालका प्रथम जननिर्बाचित प्रधानमन्त्री जननायक बीपी कोईरालाको ३८ औं स्मृति दिवसमा स्वर्गीय कोईराला प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै नेपालको राजनिति पृष्ठभूमिमा स्वर्गीय कोईरालाले नेपाल र नेपाली जनताका लागि दिनु भएको योगदान र राष्ट्रिय मेल मिलापको नितिबाट बर्तमान परिपेक्षमा नेपाली कांग्रेस पार्टी राष्ट्रियता,लोकतन्त्र र समाजबादको नितिबाट बिस्तारै बिमुख हुँदै अगाडी बढि रहेको अबस्थामा एउटा नेपाली कांग्रेसको कृयाशील सदस्यको हैसियतले कांग्रेसले भुल्दै गएका ति नितिहरूलाई स्मरण गराउन खोजेको मात्र हुँ।

बर्तमान अबस्थामा अर्गानिक काँग्रेसी पाउनै गारो भई रहेको अबस्थामा सबै अबसरबादी काँग्रेसीको घण्टी बजाउनका लागि असल कार्यकर्ताहरू लागि पर्न जरूरी देखिन्छ।काँग्रेस भित्र सुकिला मुकिलाको हाबी भएका कारण अहिलेको अबस्थाका काँग्रेसीहरूले बिपीको सपना साकार गर्नेमा शंकै छ।ग्रास लेवलका कार्यकर्ताको मनोभाबना अहिलेका बरीष्ठ नेता भनौदाहरूले बुझ्न सकेका छैनन्।

जन नायक बीपी कोईरालाले बिगतका दिनमा नेपालको भौगोलिक बनावट र त्यस समयका नेपाली जनताका दैनिकीलाई मध्यनजर राख्दै प्रतिपादन गर्नु भएको समाजबादको निति अहिले आएर पनि त्यतिकै समय सान्दर्भिक छ।बीपीको समाजबादको नितिको खासै अर्थ लगाउने हो भने नेपाली जनताको जीवनलाई कसरी सरल र सहज बनाउने भन्ने नै हो।

हरेक नेपाली जनताले बस्नका लागि सानो झुपडी होस,बिहान बेलुकी खानाको लागि परिश्रम गर्ने केहि जमिन होस,एउटा लैनो गाई होस,छोरा छोरीले राम्रो शिक्षा पाउन र बिरामी पर्दा औंषधी उपचार पाउन भन्ने बिचारमा नै केन्द्रित भएर समाजबाद लागु गरीएको थियो।आज पनि ति बिचार त्यतिकै लोक प्रिय छन किनकी आजको दिन सम्म पनि लाखौ लाख नेपाली जनताहरू यी समाजबाद भित्र केन्द्रित भएका कुराहरूबाट बिमुख छन।कुनै पनि सरकारले यस्ता समस्याहरूलाई समाधान गर्न सकेका छैनन।

बीपीको समाजबादलाई कांग्रेसले ब्यबहारमा उतार्न नसक्नु भनेको एकदमै दुखदायी कुरा हो।नेपालका अन्य राजनिति दलका नेताहरूले पनि बीपीको समाजबादलाई मनन गर्ने हो भने नेपालले समयमा नै समुनत नेपालको मार्गलाई चुम्ने थियो।

देश बिकासका लागि ५०औं बर्ष पछाडीका बिकासका काल्पनिक खाकाहरूलाई सपना बनाई नेपाली जनताका माझ नेपालका बर्तमान प्रधानमन्त्री केपी ओलीले झै बाड्नुको कुनै अर्थ छैन।बर्तमान अबस्थामा नेपाली जनताको समस्या बुझेर जनताको मर्म बुझ्दै समस्या समाधान गरी अगाडी बढ्नु नै राम्रो हुनेछ।

जसरी रूख बलियो हुनका लागि त्यसको जरा पनि त्यतिकै गहिराईमा जान जरूरी छ यदि हांगा भन्दा जरा कम गहिराईमा भयो भने त्यो रूख ढलि हाल्छ।केपी ओलीको बिकासको सपना पनि हांगा बढि भएको रूख सरह नै छ तसर्थ त्यसको पनि केहि अर्थ छैन।त्यो त केबल केहि क्षणका लागि सस्तो लोकप्रियताका लागि मात्र हो।बिचार त बीपीको जस्तो हुनु पर्छ जुन बिचार आज सम्म पनि कालजयी नै छ।

बीपी कोईरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नितिलाई अपनाएर प्रवासबाट नेपाल आउनु भएको थियो।मेल मिलापको निति बिना देशमा राजनिति,सामाजिक तथा अार्थिक बिकासका मार्गहरू खुल्ला नहुने हुँदा राष्ट्रिय मेलमिलापको निति अपनाउनु भएको थियो।जुन निति बिना आज पनि नेपालका राजनिति दलहरू बीच सहमति र सहकार्य हुन कठिन छ।बीपीको मेलमिलापको निति र गिरिजा प्रसाद कोईरालाको सहमति र सहकार्यले नेपालको राजनितिमा अमिट छाप पारेको छ।

बीपी कोईरालामा देश र जनताका हितका लागि जुन किसिमका बिचार थियो आज आएर त्यस्तो किसिमको बिचार न कांग्रेसका शीर्ष नेतामा नै देखियो न त कार्यकर्तामा नै अरू राजनिति दल भित्रका त कुरै नगरौ।नेपाल र नेपाली जनताका लागि आफ्नो जीवनको स्वर्णीम पलहरू नेपाल सुन्दरीजल स्थित जेलघरमा नै बिताएका बीपी कोईराला एक कुशल साहित्यकार पनि हुन।उहाँले लेख्नु भएका उपन्यासहरू तिन घुम्ति,सुम्निमा,नरेन्द्र दाई,मोदी आईन,हिटलर, यहुँदी,बाबु आमा र छोरा हुन भने कथाहरू दोषी चश्मा र श्वेत भैरवी हुन।आफ्नो जीवनका सम्पूर्ण समय राजनितिका निम्ति सुम्पिएका कोईरालालाई यदि कांग्रेसले भुल्दै गएको खण्डमा नेपाली कांग्रेसले ठूलै मुल्य चुकाउनु पर्ने छ।नेपाली कांग्रेस पार्टीले बीपीको समाजबादलाई आजको परिबर्तित नेपाली समाजमा लागु गर्न सकेको खण्डमा बीपी कोईरालाको आत्माले सधै भरी शान्ति पाई रहने छ। जय नेपाल।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …