तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाहिरबाट आउने सर्वसाधारणका लागि ‘होम क्वारेन्टिन’को लागि अनुमति दिएको छ । मन्त्रालयले विदेशबाट स्वदेश फर्किनेले मापदण्ड पूरा गर्ने गरी ‘होम क्वारेन्टिन’मा बस्न अनुमति दिएको हो । स्वास्थ्य मन्त्रालयले होम क्वारेन्टिन सम्बन्धी मापदण्ड, २०७७ साउन २ गते स्वीकृत गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमण अत्यधिक रहेको देशबाट स्वदेश फर्किँदा आफ्नै घरमा तोकिएका मापदण्डहरू पूरा गर्ने गरी ‘होम क्वारेन्टिन’मा बस्न सक्ने बताउनुभएको छ । मङ्गलबारसम्म क्वारेन्टिनमा २१ हजार ७०४ जना बसेका छन् ।

मापदण्डमा सम्बन्धित व्यक्तिको घरमा हुनुपर्ने न्युनत्तम भौतिक पूर्वाधार तथा सम्बन्धित व्यक्ति र परिवारका सदस्यहरूले पालना गर्नुपर्ने व्यवहार उल्लेख गरिएको छ । होम क्वारेन्टिनमा बस्नेले हावा खेल्ने तथा पर्याप्त प्रकाश आउने छुट्टै कोठामा बस्ने व्यवस्था भएको हुनुपर्ने, सकेसम्म स्नानघर/शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामूहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा प्रत्येक प्रयोगपछि सरसफाइमा प्रयोग हुने ‘डिस्इन्फेक्टेन्ट’ ले राम्रोसँग सफा गरेपछि मात्रै अन्य सदस्यले प्रयोगको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।

मापदण्ड अन्तर्गत पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्डहरूमा घरका सदस्य वा आफन्तसँग भेटघाट गर्दा दुई मिटरको दूरी कायम गर्ने, अत्यावश्यकबाहेक कसैसँग भेटघाट नगर्ने उल्लेख गरिएको छ । होम क्वारेन्टिनमा मास्कको प्रयोग अनिवार्य गर्ने, समय समयमा साबुनपानीले हात धुने जस्ता सुझाहरू दिइएको छ ।

मन्त्रालयले जारी गरेको मापदण्डबमोजिम आवश्यक सामग्रीहरूको व्यवस्था एकैपटक मिलाउने, शारीरिक व्यायाम नियमित गर्ने, जोखिम समूहको सुरक्षामा आफैँ ध्यान दिनुपर्नेछ । क्वारेन्टिनमा प्रयोगमा आउने सामग्रीहरूको उचित विसर्जन गर्ने, स्वास्थ्य अवस्थाबारे चिकित्सक वा स्वास्थ्य संस्थालाई नियमित जानकारी गराउनुपर्नेछ । मापदण्ड बमोजिम होम क्वारेन्टिनमा बस्नेलाई स्वास्थ्य जटिलता भएको अवस्थामा स्थानीय निकायलाई अनिवार्य जानकारी गराउनुपर्नेछ ।

मन्त्रालयले मापदण्ड स्वीकृतिपछि विदेशबाट आउनेलाई सहज हुने अपेक्षा राखेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले आ आफ्नो स्तरबाट ‘होम क्वारेन्टिन’मा बस्दा उक्त मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । मापदण्डको पालना नगर्दा आफ्नै घरका वृद्धवृद्धा र रोगसँग लड्ने प्रतिरोधी क्षमता कम भएका परिवारका सदस्य तथा छरछिमेक जोखिममा पर्न सक्नेछन् ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …