स्याङ्जा, गल्याङ लगातारको वर्षापछि मंगलबार बिहान ३:३० बजे गल्याङ नगरपालिका वडा नं. १० सिमलसाैंरामा घर भन्दा माथिबाट गएकाे पहिराेमा परी एकको मृत्यु भएको छ। एक जनाको उद्धार गरिएको छ ।
पहिराले घर भत्किदा पुरिएर ५२ बर्षीय माया सारुको मृत्यु भएको हो भने २२ बर्षीय छोरी नारायणी सारुलाई स्थानीयले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानाकारी दिनुभयो ।
राती खाना खाएर आमा छोरी सुतेकोमा बिहान स्थानीयले पहिरोले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको हो भने एक जनाको मृत्यु भै सकेको थियो । घरदेखि करिब २५ मिटर माथीबाट आएको पहिरोले छिमेकी जीवन सारू र पदम सारूकाे घरमा समेत क्षति पुगेको अधिकारीले जानकारी दिनुभयो ।
पहिरोबाट उद्धार गरिएकी छोरी सारुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …