सरकारले गत चैतबाट ठप्प हवाइ उडान आगामी भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र बाह्य उडान भदौ १ गतेबाट खोल्ने निर्णय गरेको हाे।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको अध्ययन समितिले आन्तरिक उडान साउन २१ गतेदेखि र अन्तर्राष्ट्रिय उडान भदौ १ गतेदेखि खुलाउन सकिने सुझाव दिएको थियो।
मन्त्रालयले सोही प्रस्ताव मन्त्रिपरिषदमा लगेकोमा दुबै उडान भदौ १ गतेबाट खोल्ने निर्णय भएको एक मन्त्रीले जनाए।
हवाइ उडानका लागि कार्यविधि बनाएर अघि बढाइने छ। त्यसको जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ।
कोरोना भाइरस रोकथामका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो।
त्यसअघि चैत ९ देखि अन्तर्राष्ट्रिय बन्द गरिएको थियो। चैत ११ देखि आन्तरिक उडान समेत ठप्प छन्।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …