कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महिला विभागमा एक सचिवसहित ३८ सदस्य मनोनयन गरेका छन् । देउवाले यसअघि नै विभागको संयोजकमा केन्द्रीय सदस्य इश्वरी न्यौपानेलाई तोकेका थिए ।
देउवाले सचिवमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा रहेकी लक्ष्मी खतिवडालाई मनोनयन गरेका छन् । तर, पौडेल समूहले भने महाधिवेशनको तालिका घोषणा भई प्रकृया अघि बढिसकेको बेलामा विभागमा सदस्यहरु मनोनयन गरेर आचारसंहिता उल्ंघन गरेको भन्दै विरोध गरेको छ ।
असार १ गते पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवले संयुक्त विज्ञप्ति निकालेर विरोध गरेका थिए । पार्टी विधानले ६ महिनाभित्रै मात्रै विभाग गठन गर्न पाउने व्यवस्था रहेको समेत उनीहरुलाई सभापति देउवालाई सम्झाएका छन् ।
देउवाको चार वर्षको कार्यकाल फागुनमै सकिएको उल्लेख गर्दै पौडेल पक्षले विभागको संयोजक र सदस्य मनोनयन विधानको व्यवस्थाको विरुद्ध समेत रहेको जनाएको छ । पौडेल पक्षले पार्टीको निर्वाचन समितिलाई यस्ता मनोनयन हुन नदिन र भएका बदर गराउन माग समेत गरेको थियो । तर, देउवाले यसअघि २० वटा विभागको संयोजक तोकिसकेका र ती सबैमा सदस्य मनोनयन गर्ने तयारी समेत अघि बढाइसकेका छन् । केही दिनमै प्रचार विभागको सदस्य मनोनयनको तयारी भइरहेको स्रोतले बतायो ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …