तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

आगमन सञ्चार प्रालिबाट संचालित लोकप्रिय अनलाइन पत्रिका आगमन खबरले आमपाठकहरु एवम् लेखकहरूको सल्लाह सुझाब साथै आवाज विहीनहरूको सुविधालाई मध्यनजर गर्दै घरमै रहेर मोबाइल फोन मार्फत इन्टरनेटको सदुपयोग गरी विश्वको कुनैपनि ठाउँमा रहेर आगमन खबरमा आफैले समाचार बनाई सहजै रुपमा पोस्ट गर्न सकिने गरी नयाँ पेज संचालन गरेको छ।

अब तपाईं जुनसुकै ठाउँमा भएपनि समाजमा घटित तर व्यक्त हुन नसकेका कतिपय अपराधिक घटनाहरु, आपराधिक हिंसा ,घरभित्रै गुम्सिएका आवाजहरू,नेपथ्यमा रहेका प्रतिभाहरूलाई बाहिर ल्याउन सक्नुहुन्छ। समाजमा भएका आपराधिक गतिविधिहरुको पर्दाफास गर्न मद्दत हुने समाचारहरू आफैले आफ्नै मोबाइलबाट पोस्ट गर्नुसक्नुहुन्छ । विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपालीहरूले भोग्नु परेका समस्या पीडाहरुलाई सम्बन्धित निकायसम्म पुर्याउन सकिने गरी सहज रूपमा अनलाइनको माध्यमबाट सत्य एवम् ताजा खबर सम्प्रेषण गरी सूसुचित हुन पाउने आफ्नो अधिकारको भरपुर प्रयोग गर्न सक्नुहुनेछ । त्यस्ता खबरहरू सम्प्रेषण गरी मोबाइल पत्रकारिताको अवसरको सदुपयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा आगमन खबर आग्रह गर्दछ।

हामीले लोकतन्त्रको मूल्य मान्यता अनुरुप संविधान प्रदत्त प्रेस स्वतन्त्रताको सदुपयोग एवम् कर्तव्यको पालना गर्दै राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन , राजनीति, सामाजिक ,आर्थिक र आपराधिक मुद्दाहरूमा केन्द्रित रहेर विभिन्न समाचार र पाठ्य सामग्रीहरू प्रकाशित गरिरहेका छौं / गरिरहनेछौं ।

तपाईंले पनि त्यस क्षेत्रमा भएका ताजा घटना एवम् गतिविधिहरू, सरकारी तथा गैरसरकारी कार्यालयका तात्ताता खबर ,आफ्ना लेखरचना ,कथा ,कविता ,गीत ,गजल आदिलाई आफ्नै हातले आजैबाट पोस्ट गर्नुहोस् ।तपाईंको पोस्ट व्यक्तिगत पूर्वाग्रहरहीत हुनुपर्ने कुरामा भने सदा सचेत रहनुहोला । प्रकाशन योग्य सामग्री क्रमश रुपमा प्रकाशित हुनेछ ।

समाचार बनाउने तरिका :

गृह पृष्ठ वेबसाईटमा गई गृहपृष्ठको सुरुमा रहेको तपाईंको आगमन  बटनमा क्लिक गरी वा न्युज बनाउन तपाईंको आगमन यहाँ किलिक गर्नुहोस   , आफैले ल्यापटप , कम्प्युटर वा मोबाइल फोनबाट समाचार बनाएर पोस्ट गर्न सक्नुहुनेछ समाचारको अन्त्यमा तपाईंको नाम मोबाइल नम्बर लेखि सहयोग गर्नुहुन आग्रह गर्दछौ यदि तपाईंलाई नेपाली टाइप गर्न आउँदैन भने सफा अक्षरमा हातले लेखी फोटो खिचेर पठाउन सक्नुहुनेछ। धन्यवाद !

नमुना :

गृह पृष्ठ

न्युज बनाउन यहाँ किलिक गर्नुहोस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …