सुर्खेतको बराहताल गाउँपालिका वडा नं. १ सम्सेलीका एक ३० वर्षीया युवाको भरुवा बन्दुकसहित मानव कंकाल सुर्खेत प्रहरीले फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले बर्दिया राष्ट्रिय निकुञ्जभित्र ठाकुरद्वार एकको जंगलमा शिवराम रानाको कंकाल फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले मानव कंकालसहित हसिया, भरुवा बन्दुक एक थान, छर्रा, उनका कपडा फेला पारेर सार्वजनिक गरेका हुन् ।
२०७६ साल फागुन १० गते हराएको भन्दै उनकी श्रीमती मनमाया रानाले खोजी गरीपाउँ भनेर प्रहरीमा निवेदन दिएकी थिइन् उनले भने, ‘सोही निवेदनको आधारमा हामीले खोजी गरेका थियौं तर फेला पार्न सकेनौं । मृतक रानासँगै अन्य २ जना पनि हराएका हुँदा हामीलाई खोज्न समस्या भएको थियो ।
प्रहरीका अनुसार मृतक रानासँगै सोही गाउँका यामबहादुर सम्सेली र सुर्यबहादुर वली गएका थिए । भट्टले थपे – ‘उनीहरु भारततर्फ गएका रहेछन् । लकडाउन अलि खुला भएपछि उनीहरु भारतबाट गाउँमा आए । मृतक राना की श्रीमतीले असार १६ गते दुवै जनाले श्रीमानलाई वेपत्ता पारेको आरोपसहितको किटानी जाहेरी दिईन । सोही जाहेरीका आधारमा खोजी गर्न बर्दिया गएका थियौं । त्यहाँ उनको कंकालसहित सामानहरु भेटायौं । मृतक रानाका बुवा र श्रीमतीले उनको सनाखत गरिसकेका छन् ।
उनका अनुसार अहिले मनमायाले दुवै जनाविरुद्ध हत्या कर्तव्य गरी मारेको जाहेरी दिएकी छन् भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
दुवै जनाले निकुञ्जमा आफूहरु वन्यजन्तु लखेट्ने र उनले बन्दुक लिएर बस्ने र जनावर मार्ने तयारीका साथ गएका थियौं पक्राउ परेका दुवै जनाको भनाई उद्धृत गर्दै उनले भने, मृतक बसिरहेको स्थानमा बाघले आक्रमण गर्यो । हामी त्यहाँबाट रुखमा चढेर ज्यान जोगाई भाग्यौं ।
प्रहरीका अनुसार मृतक रानाको शरीरको केही भाग मात्रै प्रहरीले फेला पारेको छ । भिरालो स्थानमा उनको कंकाल भेटिएको प्रहरीको भनाइ छ । हत्या गरिएको हो वा बाघले खाएर मरेको हो भन्ने अनुसन्धानमा खुल्ने प्रहरीले जनाएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …