तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले नाटकीय रुपमा नयाँ प्रस्ताव अगाडि सारेपछि नेकपाको विवाद नयाँ दिशातिर मोडिएको छ । सचिवालयको शनिबारको बैठकमा ओली र दाहालले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव राखेपछि नेकपामा केही दिनयता जारी तनाव नयाँ दिशातिर मोडिएको हो ।

जबकी दाहाल र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेका थिए भने ओलीले कुनै पनि पद नछाड्ने अडान लिएका थिए ।

तर, शनिबारको सचिवालय बैठकमा ओली र दाहाल मिलेर अचानक नयाँ प्रस्ताव ल्याएपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएका छन् । उनीहरुको असन्तुष्टि छ ।

नेकपा सचिवालयका एक सदस्यका अनुसार बैठकको सुरुमा अध्यक्ष ओलीले आफ्नो धारणा राखेका थिए ।अहिले पार्टी संकटमा छ । पार्टी संकटमा हुँदा देश पनि संकटमा पर्छ । पार्टी एकता गर्नुपर्‍यो त्यसको निम्ति सबैले कमीकमजोरी स्वीकार गर्नुपर्‍यो । मेरो पनि कमजोरी भएका होलान् । अरुले पनि आत्मालोचना गर्नुपर्‍यो । हामी मिलेर जानु पर्‍यो ओलीको भनाइ उद्धृत गर्दै सचिवालयका ती नेताले भने स्थायी कमिटीको बैठक ठीक ढंगले भएन । प्रचण्ड र मेरो बीचमा छलफल भएको छ । हामी सहमति नजिक पुगेका छौं । महाधिवेशन पहिला चैत्रसम्म गर्ने भनिएकै छ, सकेसम्म छिट्टै ल्याउँ । मंसिरमै गरौं । त्यसैबाट सबै समाधान गरौंला ।’

लगत्तै बोलेका दाहालले ओलीको प्रस्तावमा समर्थन जनाएका थिए । हामी मिलेका छौं । सहमति गर्नुपर्छ । मैले आलोपालोको कुरा छोडिदिए । महाधिवेशन छिटो गरौं भन्नेमा हामी मिलेका छौं दाहालको भनाइ थियो ।

तर, वरिष्ठ नेता खनालले छिटो-छिटो गरेर महाधिवेशन नहुने बताए । खनालको भनाइ उद्धृत गर्दे ती नेताले भने ‘तत्काल महाधिवेशन गरेर जाउँ भन्ने कुराले पदको व्यवस्थापनले मात्र संघर्ष भएको रहेछ । कि प्रधानमन्त्रीले राजीनामा गरेर पद व्यवस्थापन गर्ने कि पार्टीमा महाधिवेशन गरेर पदको व्यवस्थापन गर्ने भन्ने अर्थ लाग्छ । महाधिवेशन भनेको वैचारिक महाधिवेशन हुन्छ । छिटो-छिटो गरेर महाधिवेशन नहुने बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …