तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

कमला अधिकारी (मोबाईल पत्रकार)

सन्तान पायौ, हुर्कायौ
क्षितिज पारीको सानो झुपडी
खरको छानो जसै झरी लाग्थ्यो
भित्रै सागर तर्नु पर्थ्यो
छिमेकीको त्रिपाल उधारो
लिई हामीलाई न्यानो बनाउँथ्यौ
सलाई किन्ने सुकी थिएन
फलामे तावा बोकी छिमेकीको
दुई फिलिङ्गो आगो लिई
चुल्होमा धुँवा पुत्ताउँथ्यौ
बिँड नभएको माटे कराइ
बाँसको सिन्काले रिँगाई
दुई मुठी भट्ट भुटेर
बराबरको भाग लगाउँथ्यौ ।
तर जसै तिमी चुनाव जित्यौ
जय जयकार भो तिम्रो
मालाले सजियौ
देशको रक्षार्थ खटिएकी
पहिलो सन्तानको पीडामा
खिइएकी तिमी अब आफ्नै
सन्तानलाई पाखा लगाई
निष्ठुरी बन्यौ आमा !
मेरो घरको छानो
अझै पनि खरकै छ
तिम्रो त मार्वलको महल
झरी लागोस, हुरी चलोस के भो र ?
सन्तानको चुहेको छानोको चिन्ता छाड
आफ्नै महलका कुना-कुना सजाऊ
कस्तो रङ्गको कार्पेट हाल्छौ ?
तिम्रो सुकिलो फरियामा
धुलो लाग्ला आमा!
हिजो मात्रै टालेको घर
रुख ढलेर मिचेको छ
आँगनीलाई पहिरोले थिचेको छ
तिमी ठूला ठूला अस्पताल जानू
बिरामी नहुनु, म त पखाला लागेर
एक मुठी जीवनजल नपाएर
छट्पटाइरहेको थिएँ
लाखौंपटक आमा भनी भुनभुनाएँ
तिमी निष्ठुरी बन्यौ, आइनौं
मैले संसार छोड्नु पर्यो ।
आमा भएर पनि पत्थर बन्यौ तिमी
तिमीजस्ता हजारौं आमाहरु
सन्तान, घरपरिवार अनि
पतिबिहीन भएका छन्
र पनि तिमीलाई निन्द्रा लागेको छ
आखिर तिम्रो कमिलो नअटाउने महलमा
हामी सामान्य मानिसका भावना
वेदना कहाँ अट्लान् र आमा !?

कमला अधिकारी
वालिङ-७, केवरे भञ्ज्याङ, स्याङ्जा

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …