तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशील सुबेदी

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको राजधानी जोड्ने साढे २६ किलोमिटरको मुख्य सुरुङमार्गको गेट नम्बर १७ को ड्याम फुटेर आएको बाढीले घाइते दुईको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

हेलम्बु गाउँपालिकाको वडा १ अम्बाथानस्थित मुहानको मुख्य गेटबाट फुटेर आएको बाढीले घाइते भएका साइट इन्जिनियर शेखर खनालसहित सब हेल्पर पेम्बा लामालाई थप उपचारको लागि काठमाडौं लगिएको हो । दुवैलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल लगिने स्वास्थ्यकर्मीले बताएका छन् ।

मंगलबार दिउँसो १२ बजेर ३० मिनेटमा (गेट नम्बर १७ ) मुख्य अडिटको भित्री भाग एकैपटक फुटेर ड्याम गरेको ठूलो आवाजसँगै सुरुङबाट बाढी नै आएको थियो । प्रत्यक्षदर्शीका अनुसार बाढीको लहरले अडिटभित्रको रातो र्स्कापियोसँगै दुई जना एकैसाथ बगाएको प्रस्ट देखिएको थियो । ती भने अझै भेटिएका छैनन् । बेपत्ता हुने आयोजनामा कार्यरत कर्मचारी सवारी चालक ५५ वर्षीर्य राधाकृष्ण थापामगर र २५ वर्षीय इन्जिनियर सतिश गोइत रहेको प्रहरीले जनाएको छ ।

बाढीको धक्का बहावले घाइते भएका इन्जिनियर खनालसहित हेल्पर लामालाई मेलम्ची प्राथामिक स्वास्थ्य केन्द्रमा लगेर प्रारम्भीक उपचार गरिएको थियो । ‘टाउको, घुँडा र हातमा गहिरो चोट लागेको छ, थप उपचारको लागि काठमाडौंको अस्पताल रिफर गरिएको हो,’ जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी उपरीक्षक प्रज्ज्वल मर्हजनले भने । ड्याम फुटेर आएको बाढीले बगाएर बेपत्ता बनाएकोमध्ये एकजनालाई बग्दाबग्दै स्थानीयले देखेको बताएपछि सुरक्षाकर्मीको टिम तीव्र खोजीमा लागेका छन् ।

यसअघि सुरुङबाट काठमाडौंको सुन्दरीजल जोड्ने सुरुङमार्गको ‘जिरो जेनेज’देखि ८ सय मिटरसम्म पानी पठाएर परीक्षण सफल गरिएको थियो । त्यहाँको मुख्य सुरुङको ८ सय मिटरपरको गेट वा गेट नम्बर १७ ले पानी थिग्राउने काम गर्छ । त्यसपछि मात्रै पानी शुद्धिकरण गरेर सुन्दरीजलको अडिमा निकालिनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …