तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

हिमाली जिल्ला म्याग्दीको मालिका, धौलागिरी र रघुगंङ्गा गाउँपालिकामा भएको बाढी पहिरोमा परी बेपत्ता भएकामध्ये १८ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकृत इन्सपेक्टर डाक्टरप्रसाद चौधरीले दिएको जानकारी अनुसार हालसम्म रघुगङ्गा गाउँपालिका–६, ठाडाखानीका ५० वर्षीय नलिमान छन्त्याललाई खोलाले बगाकोमा शुक्रबारै शव फेला परेको थियो ।

त्यस्तै, धौलागिरी गाउँपालिका–६ मराङमा शनिबार यो समाचार तयार पार्दासम्म १० जनाको शव भेटिएको इन्सपेक्टर चौधरीले बताउनुभयो । धौलागिरी गाउँपालिका–६ मराङका सुकना लामगादे, आशिस लामगादे, आयुस लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीको छोरा प्रकाश के.सीको सव फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मालिका गाउँपालिका–७ बिममा पहिरोमा परी बेपत्ता भएकामध्ये अाठ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मालिका गाउँपालिका–७ बिमका ४० वर्षीय विष्णु पौडेल, चार वर्षीय इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, बीरबहादुर नेपाली, बीर बहादुरका तीन महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीको मृत्यु भएको छ ।

पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरी उपचार थालिएको छ । बिहीबार रातिदेखिको वर्षातले गर्दा शुक्रबार प्रयास गर्दा नसकिए पनि शनिबार बिहान मात्रै हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । धौलागिरी गाउँपालिका–६, मराङकी २२ वर्षीया सुत्केरी महिला मन्जिता श्रीपाली र सात वर्षीय बालक सफल श्रीपालीलाई बेनी अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ । सुत्केरी महिलाको अत्यधिक रक्तश्राव भएपछि हेलीकोप्टरमार्फत उद्धार गरी पोखरा पुर्याइएको हो । मालिका गाउँपालिका–७, बिमका ३६ वर्षीय पूर्णबहादुर नेपालीको बेनी अस्पतालमा उपचार हुँदैछ ।

त्यस्तै, धौलागिरी गाउँपालिका–६, कल्लेनीका ८९ जनालाई सुरक्षित स्थलमा राखिएको छ । त्यस्तै रघुगङ्गा गाउँपालिका–३, गलेश्वर राहुघाट खोलानजिकैको बस्तीका २१ घरका ८५ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको इन्सपेक्टर चौधरीले जानकारी दिनुभयो ।

शनिबार बिहानबाट प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार थालिएको हो । जिसी ग्रुप म्याग्दीका नारायण जि.सी. र ओमकुमारी शान्ति कोषको आर्थिक व्यवस्थापनमा प्रभुको हेलीकोप्टरले उद्धार थालेका हुन् ।

नेपाली सेनाको हेलीकोप्टरले पनि उद्धारका लागि खटेको छ । घटनास्थलमा सांसद भूपेन्द्रबहादुर थापा, संविधानसभा सभासद नवराज शर्मा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवर नेपाली सेनासहितको टोली पुगेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …