अविरल वर्षापछि आएको पहिरोमा परी पोखराको सराङकोट र हेम्जामा ४ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते छन् ।
पोखरा महानगरपालिका वडा १८, सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पर्दा ३ जनाको मृत्यु भएको हो । सो घटनामा ६ जना घाइते भएका हुन् । घाइतेमध्ये ४ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ लगिएको छ भने बाँकी २ जना सामान्य घाइतेलाई उद्धार गरी अस्पताल लगिँदै छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पहिरोमा परी ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी छ ।
घरमाथिको सडक भत्किँदै आएको पहिरोले टंकबहादुरको घर बगाएको हो । पहिरोपछि स्थानीय र प्रहरीको सक्रियतामा घाइतेहरूलाई अस्पताल पुर्याएको छ ।
गएराति उनको घरमा बर्थ डे मनाउन छिमेकी तथा इष्टमित्र समेत आएकोले थप मानिस पनि पहिरोमा परेका हुन सक्ने प्रहरीको अनुमान छ । अन्य हराइरहेको आशंकामा प्रहरीले खोजीकार्य जारी राखेको छ ।
त्यसैगरी, पोखरा महानगरपालिका वडा २५, हेम्जामा पनि पहिरोमा परी एक वृद्धाले ज्यान गुमाएकी छन् । गएराति साढे २ बजेतिर घर पछाडिबाट पहिरो आउँदा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनायो ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …