तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सरू बस्नेत -निजगढ, बारा

सूर्यले प्रकाश कसको लागि दिन्छ र दिएबापत उसले के लैजान्छ ? म यही सोचिरहेकी छु । जब छन्दकवि माधव वियोगीज्यूले वि .सं.२०५३ सालदेखि “छन्द बचाऊँ अभियान “आन्दोलनकै रूपमा आरम्भ गरी अनेक संघर्ष गर्दै वा लड्दै छन्द सिकाउँदै आजसम्म आइपुग्दा महत्वपूर्ण प्राप्तिका रूपमा छन्ददिवस आयाे । उहाँले अभियान शुरू गरेकै दिन वैशाख आठ गतेलाई नेपाल सरकार, राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले छन्ददिवसको रूपमा स्वीकार गरिदिँदा हामी सबै गौरवान्वित भएका छौं ।

उहाँकाे एकल प्रयासले गर्दा आज हामी छन्ददिवसकाे उज्यालाेमा रम्न र आफ्ना अगाडि छन्दकाे चमत्कार देख्न र भाेग्न पाएका छाैं । त्यसैले उहाँ छन्दआकाशका चम्किला सूर्य हुनुहुन्छ । उहाँकै कारणले गर्दा आज हामीले छन्ददिवस पायाैं तर उहाँले बदलामा केही पाउनु भएकाे छैन । दिन जान्ने लिन नजान्ने वियोगीज्यूले के के दिनुभएको छ बयान गर्नु र गुलाफमा रङ दली झन् सिंगार्नु लगभग एकै हो । त्यसैले उहाँले छन्द सम्बन्धी दिनुभएको महत्वपूर्ण योगदानको लागि सर्वप्रथम कोटी कोटी प्रणाम गर्दछु ।

एक सूर्यबाट हामी धेरै बिजुली बत्ती निकाल्छौं ।त्यसैगरी वियोगीज्यूकाे प्रेरणाबाट हामी धेरै छन्दप्रेमी र छन्दसाधक जन्मिरहेका छौं, फैलिरहेका छौं चम्किलो छन्दप्रकाश छर्दै । लगभग लोप भई सकेको छन्दसाहित्य अहिले यति अगाडि छ कि अरू विधा कमजाेर बनी सकेका छन् । जबसम्म छन्द अाकाशमा माधव वियोगीज्यू जस्ताे सूर्य रहन्छ तबसम्म छन्द लोप हुने कुरा कल्पनासम्म गर्न सकिँदैन । यस्ता सूर्य बन्नसक्ने क्षमता उहाँले भावी पुस्तामा भरी सक्नु भएकाे छ । उहाँ कुनाकुनामा पुगी रहनुभएकाे छ सूर्य जस्तै ।

एक व्यक्तिकाे प्रयासबाट प्राप्त भएको छन्ददिवस मनाउन लगभग विश्वभरकै छन्दप्रेमीहरूले थालिसकेका छन् ,छन्दकाे विश्वव्यापीकरण भएकाे छ । यो भन्दा खुसीयाली अरू के हुन सक्छ हामी छन्दवादी नेपालीका लागि ?पुराना कुराहरूलाई अहिले यतिकै छाडेर अगाडिको भविष्यवाणी गरूँ । किनकि पूर्व गल्ती वा सही वर्तमानमा देखिएको छ, भविष्यमा देखिनेछ । मलाई लाग्छ वर्तमान समयमा जसरी छन्दको तीव्र रूपमा विकास र परिष्कार भई रहेको छ त्यसरी नै कमजोरीहरू पनि देखिएका छन् । मैदानमा उत्रिने मात्र गुरु होइनन् । गहिरो खाडलमा बाटो देखाउने पनि गुरु हुन् । त्यसैले वर्तमान समयमा मैले मैदानको मात्र गुरु चिन्छु, खाडलको धेरै चिन्दिनँ, देख्दिनँ । दु:खको कुरा हो कसरी उहाँहरूलाई खुल्ला मैदानमा ल्याई हामी सबै गर्वको साथ भन्न सक्छौं उहाँ हुनुहुन्छ सम्पूर्ण छन्दमय जगत्कल्याणको गुरु ।कति जरा बनेर बल दिनुहुन्छ , कति हाँगा बनेर । जे होस् छन्दको विकास तीव्र छ । कमजोरीहरू पनि सुधार हुँदैछन् तर अग्रजको सम्मान म भन्न सक्दिनँ कति दिन सक्यौं हामी शिष्यहरूले ।

वेदपुराण, धर्मसंस्कृति, कलासाहित्य, भाषा,संस्कार देखि लिएर कोइलीको आवाज ,गितारको धुन,हावा,जलको गति सबैमा छ छन्द । कलियुगको अज्ञानताले हामीलाई छोपेको मात्र हो। आशा छ अब “छन्द बचाऊँ अभियान-२०५३ ” को आन्दोलनले कलियुगको अन्धकारलाई चिर्न सफल हुनेछ । म बसेको ठाँउको परिवर्तन हेर्दा कुनै कार्यक्रममा एक, दुई जनाको पनि नहुने अहिले छन्द नै विशेष रूपमा रहेको छ, छन्द लेखन, वाचनकै श्रोताहरू बढी मात्रामा देखिन्छन् हाम्रो वरिपरि कार्यक्रममा भनूँ या सामाजिक सञ्जालमा नै । छन्दबिना के छ र भन्ने श्रोता समेत भेटिन थाले , म भन्छु गद्य विधासमेत छन्द या लयमा मीठाे हुन्छ, हामीले बुझ्न नसकेर मात्र हो । जब बुझ्छौं छन्दमै रमाउँछौँ,भेदभाव गर्ने म कुनै विधा वा ठाउँ देख्दिनँ ।

संस्कृत पढेकोले मात्र छन्दमा लेख्न सक्छ भन्नु ठूलो भ्रम हो । म स्वयं कवि त होइन तर लेख्छु छन्दमा नै,संस्कृत पढ्दिनँ । कविता ,वाचन के कस्तो छ श्रोताहरू निरन्तर भन्नुहुनेछ तर म भन्छु संस्कृत,विज्ञान, नेपाली जुनसुकै विषय पढ्नेहरू हुन् पढाइसित केही महत्व हुँदैन । ज्ञानभन्दा ठूलो अभ्यास, अनुभव हुन्छ, स्वभाव हुन्छ । यत्ति हो कि प्रस्तुति कसरी गर्ने त्यो आआफ्नो शैलीमा भर पर्छ विषयमा होइन । त्यसैले हामी पनि लेखेर हुन्छ कि लेखाएर छन्द विकास ,परिष्कारका लागि रहौँ सूर्य जसरी ।

अन्तमा हाम्रो देश बहुभाषिक, साँस्कृतिक, कला, साहित्य मुलक छ । अनेक जातजाति, भाषाभाषी, भेषभूषा, संस्कार,संस्कृति छन् यहाँ । हामी अलगअलग फूल भए पनि एउटै माला बनेका छौं, कहीँ कतै भेदभाव छैन, हुनु पनि हुँदैन । मानवता र मानवीय गुण बचाउनको लागि पनि छन्द आवश्यक छ । गुरुको पनि आफ्नै छन्द छ ,शिष्यको पनि आफ्नै, सबै समान हौँ । सिकौं, सिकाऔँ आआफ्नो तर्फबाट बचाऔं छन्द, भविष्यमा दृढ संकल्पका साथ छन्दैछन्दमय जगतकाे आशा गराैं । म आशा जगाउने छन्दआकाशका चम्किला सूर्य एवम् कर्मठ अग्रज गुरु माधव वियाेगीज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । जय छन्द !!

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …