काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । २०४१ सालमा ओभरसियरको रुपमा सेवा प्रवेश गरेका उनी हाल सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत थिए ।
पाँच करोड २९ लाख रुपैयाँ आर्जन गरेका उनको सम्पत्ति छानबिन हुँदा २ करोड ७ लाख रुपैयाँ मात्रै वैध भएको खुल्यो ।
आफ्नो अवैध आर्जन उनले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन, बैंकिङ कारोबरमा लगाएको अख्तियारको दाबी छ ।
अख्तियारले उनकी पत्नी रिता खनाल आचार्यलाई पनि प्रतिवादी बनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …