तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बागलुङको निसीखोला गाउँपालिका–६ पुतली बजारमा चौरमा बाँसको टेको लगाएर त्रिपाल टाँगिएको छ । पछाडिपट्टि खोला । घाम, पानी, हावा जुनै बेला पनि उस्तै सास्ती । न सुत्ने गतिलो ठाउँ, न त खाना । जहाँ तीन सय जनाभन्दा बढी बसिरहेका छन् ।

बागलुङको निसीखोला गाउँपालिका–६ मा निर्माण गरिएको क्वारेन्टाइन । बाँसको टेको लगाएर त्रिपालको कच्ची क्वारेन्टाइन निर्माण गरिएको हो । तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर ।

स्थानीय ज्ञानेन्द्र माविको भवन भरिएपछि चौरमा त्रिपाल टाँगेर क्वारेन्टाइन बनाइएको हो । गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले संख्या बढी भएकाले व्यवस्थापन गर्न नसकेर पालमुनि राख्नुपरेको बताए । पालिकाभरि क्वारेन्टाइनमा सात सय जनाभन्दा बढी छन् । उनीहरू सबै जना रोजगारीमा भारत गएर फर्किएकाहरू हुन् ।

स्वास्थ्यकर्मी नियमित जान नसक्ने र स्वाबका रिपोर्ट पनि ढिलो आउने भएकाले उनीहरूलाई क्वारेन्टाइनमा बस्न झन् समस्या भएको छ । ‘हामीलाई न बस्ने ठाउँ गतिलो छ । न खाने कुरा नै,’ अनुगमनमा गएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँग उनीहरूले भने, ‘सँगै बसेका कोरोना पोजिटिभ देखिएकाहरू निको भएर आइसोलेसनबाट पनि घर फर्किसके हाम्रो परीक्षण रिपोर्ट अझै आएको छैन । यस्तो अवस्थामा कति दिन बिताउनुपर्ने हो ?’

बागलुङ सदरमुकामस्थित धौलागिरि बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको आइसोलेसनमा रहेकाहरूले मन्त्री देख्दा आन्दोलन गरे । पिउने पानीसमेत पर्याप्त नभएको उनीहरूको भनाइ थियो । लामखुट्टेले हैरान पार्ने भन्दै झुलको व्यवस्था गरिदिन उनीहरूले माग राखे । ‘हाम्रो रिपोर्ट कहिले आउने हो रु हामीलाई कोरोनासोरोना केही लागेको छैन । हामी ठीक छौं, ३७ दिन भयो अब तपाईंहरूले नभने हामी आफैं बाहिर निस्कन्छौं,’ उनीहरूले भने ।

भारतीय सीमामा बसेर आएको र जिल्ला भित्रिएपछि पनि ३७ दिन बसिसकेको उनीहरूले बताए । ‘स्वाब परीक्षण गरेको ३७ दिनसम्म किन रिपोर्ट आउँदैन ?’ एक युवाले भने, ‘क्वारेन्टाइनमा बसेको १० दिनपछि स्वाब संकलन गर्ने, ३५-४० दिनसम्म रिपोर्ट नआउने ? पोजिटिभ र नेगेटिभ देखिएका एकै ठाउँमा राख्ने । संक्रमित निको भएर घर गए हाम्रो रिपोर्ट अझै आएको छैन । अब भागेर नै घर जान्छौं ।’

मन्त्री बस्नेतले बागलुङ बढी जोखिमपूर्ण जिल्ला भएकाले सतर्कता अपनाउनुपर्ने र स्वाब परीक्षणको रिपोर्ट अब छिट्टै आउने आश्वासन दिए । बागलुङमा २१ सय जना अटाउने क्वारेन्टाइन निर्माण भएको छ । हालसम्म १४ सय ८१ जना क्वारेन्टाइनमा छन् । कोरोना संक्रमितको संख्या १ सय ७८ पुगेको छ भने २३ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …