तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जल तथा मौसम पूर्वानुमान महाशाखाले सलहलाई केन्द्रित गरी विशेष मौसम बुलेटिन निकाल्न थालेको छ ।

शनिबारदेखि सलह आगमन भएको र सलहको आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले बुलेटिन सुरु गरिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए ।

सलहलाई केन्द्रीत गरी महाशाखाले सोमबार बुलेटिन सार्वजनिक गर्दै मंगलबारदेखि वायु पूर्वी दिशातिर सक्रिय हुने बताएको छ । वायु जतातिर बग्छ, सलहको झुण्ड त्यतैतिर गइरहेको देखिन्छ ।

मंगलबारदेखि पूर्वतिर बहने हावाको गति अधिकतम् ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने पनि महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । महाशाखाकी मौसमविद् विभूती पोखरेलले सोमबार बेलुकीसम्म पूर्वी वायु प्रदेश ५ सम्म सक्रिय हुने बताइन् । तर, कर्णाली र सूदूरपश्चिम प्रदेशको सुर्खेतमा दक्षिणी पश्चिम वायु सक्रिय देखिएको छ । दक्षिणतिरबाट उत्तरतिर वायु सक्रिय भएकै कारण सोमबार कर्णाली र सूदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पनि सलह देखिएको छ ।

सोमबार पनि दिनैभरी प्रदेश ५ का केही भाग बाहेक दक्षिणतिरबाट पूर्व र पश्चिमभागतिर वायु सक्रिय भयो । त्यसको गति ३५ देखि ४५ किमि प्रतिघण्टा थियो । वायुको गति अनुसार सलह फैलिरहेकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विशेषज्ञहरुले मौसमविद्हरुसँग सहकार्य गर्दै नियन्त्रणका उपायहरु अपनाइरहेका छन् केही दिनयता मनसुनको अरेबियन शाखाबाट बहने वायु दक्षिण पश्चिम (भारतीय सीमाक्षेत्र) बाट उत्तरतिर (नेपालको भाग) बहेको र त्यही वायुले भारतको उत्तर प्रदेश र बिहारबाट सलह ल्याएको विशेषज्ञहरुले विश्लेषण गरेका छन् । यतिबेला मनसुनको न्यून चापीय रेखा पनि नेपाल नजिक (दक्षिततिरको भारतीय भू-भाग) मा छ ई कान्तिपुरमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …