तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

निकिता रेग्मी

आज विश्व कोभिड-१९ अर्थात कोरोना भाइरसले मानव जातिकै अस्तित्व रक्षाको लागि जुधिरहेको छ। यसैबीच कसैलाई आफन्त गुमाउनुको असह्य पीडा त कसैलाई कोरोना भाइरसबाट संक्रमण भै अस्पतालमा छट्पटाईरहेको दर्दनाक अवस्था छ भने कसैलाई संक्रमण भैएला कि भन्ने त्रास। अझ यो विकराल घडीमा हामीजस्तो परिवारको जिम्मेवार सदस्यहरु भने आफूसँगै स-साना बालबच्चाहरु र बृद्द बुवाआमा हरुको स्वास्थ्य स्थितिमा अझै बढी सजक र चिन्तित छौं। यसै विषम परिस्थितिमा आफैभित्र एउटा प्रश्न उब्जियो, शिक्षा ठूलो हो कि स्वास्थ?

मलाई अवगत छ कि यो विकराल परिस्थितिमा यो ठूलो कि त्यो ठूलो भनेर बहस गर्न अत्युक्ति हुँदैन अझ त्यसमाथी शिक्षा र स्वास्थ्य दुवै एक सफल जीवनका लागि अपरिहार्य पाटा हुन् तथापि हामीले हाम्रो दैनिक जीवनमा कुन कुरालाई महत्व दिन्छौं र कुन कुरा उसले विशेष सान्दर्भिक रूपमा लिन्छ भन्ने कुराले आजको परिपेक्षमा अहम भुमिका खेल्छ ।

हामीले सुन्दै र देख्दै आइरहेको छौं विश्वका विकसित राष्ट्रहरूमा शिक्षाको माध्यमबाट स्वास्थ्य क्षेत्रलाई विशेष महत्वका साथ हेरिदै आइएको छ तसर्थ शैक्षिक संस्थाहरूमा पनि शारीरिक क्रियाकलापहरुलाई विशेष महत्वले लिईन्छ यसै अनुरूप सार्वजनिक ठाउँहरूमा पनि बालबालिकाको ब्यक्तित्व विकासको निम्ति विभिन्न बालउद्यानहरुको निर्माण गरिएको हुन्छ सोहीअनुरूप बालबालिकाहरूको शारीरिक, मानसिक एवं सामाजिक विकास निरन्तर रूपमा भइरहेको हुन्छ तर हाम्रो जस्तो विकासोन्मुख राष्ट्रहरूमा स्वास्थ्य सधै गौण विषय बन्दै आइरहेको छ। केवल हात मुख धुनुमात्र राम्रो स्वस्थ हो भन्ने भ्रम धेरैजसो अभिभावकहरुमा छ।

एउटा बालककाे सर्वाङ्गीण विकासमा सबै पक्षको उत्तिकै महत्व हुन्छ जुन खेलकुद लगाएत अन्य शारीरिक गतिविधि जस्तै उफ्रने, दौड्ने, कुद्न्ने नाच्ने, योगा र ध्यान जस्ता क्रियाकलापहरुबाट मात्र सम्भव छ। तर हामीहरुमध्य धेरै जसो आमाबुवा जसले बच्चा खेलेको, उफ्रेको देखेर चकचके, बाँदर, छुच्चोजस्ता उपनाम दिएका हुन्छौ उनीहरूको यस्ता क्रियाकलापमा हामी खुसी हुनुको साटो क्षणिक आवेशमा आएर प्राय झर्को मानिरहेका हुन्छौ फलत: बालबालिकाहरूमा सृजनशील प्रतिभा स्वतः निष्क्रिय हुदै जान्छ।

धेरैजसोले त आफ्नो सहजता र छिटो छरितोको लागि खाना खुवाउन देखि गृहकार्य गराउदासम्म टेलिभिजन, मोबाईल, आइप्याड लगाएतका अन्य सामग्री प्रयोग गराउदा गर्व महसुस गरेका हुन्छन् अन्त्यत: बालबालिकामा बानीको रूपमा परिणत हुन्छ जसले उनीहरूमा दीर्घकालीन असर गरिरहेको हुन्छ।

अहिलेको यस प्रतिकूल समयमा के गर्ने, के नगर्ने भन्ने अवस्थामा सबैले दिइएको प्रमुख सुझाव लाई मध्यानजर गर्दा योगा ,सकारात्मक सोच लगाएत शारीरिक क्रियाशीलता नै जिबनको आधारभुत तत्य्वहरू रहेछन जुन कुरा हाम्रा नानीबाबुहरु पढ्ने सानो र सामान्य विद्यालयमा सिकाइएको छ जस अनुरुप उनिहरु यो कोरोना संक्रमण आउनु अगावै नै प्रयाप्त पानी खानु, दैनिक व्यायाम गर्नु, उफ्रनु, नाच्नु, खुसी हुनु, ध्यान गर्नु, जस्ता कृयाकलापहरु आफ्नो विषयवस्तुको रूपमा नियमित अध्ययन गर्दछन्।

आज शारीरिक र मानसिक स्वास्थ्यको लागि बालकदेखि बृद्द, सामान्यदेखि पदीय/प्रतिष्ठित व्यक्ति सबैको दिनचर्या आध्यात्मिक जीवनशैली बनेको छ जुन उच्च मनोबल, रोग प्रतिरोधात्मक क्षमता तथा सकारात्मक सोचको लागी अपरिहार्य छ।

अन्त्यमा, मेरो तात्पर्य के हो भने शिक्षा गहन विषय हो यसकै माध्यमबाट शारीरिक शिक्षा सैदान्तिक रूपमा मात्र नसिकाएर यसको सिकाइ अलि वृहत रूपमा सिकाउने हो कि? स्वास्थ्य क्षेत्रसँग विद्यार्थीको भविष्य निर्धारणको दायरा अलि फराकिलो रूपमा लैजाने कि? साथै हामी आमाबुवाले पनि निश्चित समयमा व्यवस्थित तवरले आफ्ना छोराछोरीलाई खेलकुद लगाएत अन्य विभिन्न शारीरिक गतिविधिहरुमा हातमा हात मिलाएर साथ दिने कि? पक्कै पनि हामी आमाबुवाले घरमै बनेका खानेकुरामा विशेष जोड दिने, आध्यात्मिक जीवनशैलीको बोध गराउने, सकारात्मक चिन्तन शैलीको विकास गराउने हो भने जस्तोसुकै रोग र महामारीको अवस्थामा पनि उनीहरुको आत्मबल कम हुने छैन र अफ्ट्यारा परिस्थितिलाई सामना गर्न सक्षम हुनेछन् र यो नै उनीहरूको सिकाइ हुनेछ साथमा राम्रो स्वास्थ्य पनि। अतः शिक्षा र स्वास्थ्य एउटै बाटोको दुई किनारा जस्तै हुन जुन सँगै सुरु भए र अन्त्य पनि सँगै, शिक्षाबिना स्वास्थ्य अधुरो त स्वास्थ बिना शिक्षा अपाङ्ग।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …