तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका ८ सोती मा भएको हत्या घटनामा २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश विद्याराज पौडेलको इजलासले सोतीका वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।किशोरीकी आमालाई १ लाख धरौटीमा छोड्न आदेश दिइएको छ, भने इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण ताखेरमा छोड्न अदालतले आदेश दिएको छ।

मृतक नवराजकी प्रेमिका भनिएकी किशाेरीसहित दुई जनालाई यसअघि बाल सुधार गृह पठाइएको थियो। असार ५ गतेदेखि थुनछेक बहस सुरु भएको थियो।

गत जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जानेगरी घटना भएपछि ३४ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो। तीमध्ये ५ जना फरार रहेका छन् ।नवराज उपलल्लो जातकी युवतीलाई विवाहका लागि ल्याउने भनेर साथीहरुसहित पश्चिम रुकुम पुगेका थिए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …