तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं : संसदले नयाँ नक्सासहितको संविधान संशोधन पारित गर्नुअघिको छलफलमा समाजवादी जनता दलका नेताद्वय उपेन्द्र यादव र राजेन्द्र महतोले दिएको मन्तव्यले सिंगो संसद तरंगित भयो।

राष्ट्रियताका पक्षमा मधेसी नेताले दिएको दमदार भाषणले संसदमा मात्र ताली पाएन, सामाजिक संजालमा समेत गजबले वाहवाही पाएका छन्। मधेसमाथि लाग्‍ने आरोप तथा आशंकाका तर्कसंगत रुपमा प्रतिवाद गर्दै उनीहरुले कांग्रेस र कम्युनिस्टले गरेको महाकाली सन्धिकै कारण यस्तो अवस्था आएको बताए।

महतोले भने, ‘मधेसीलाई भारतीय देख्‍ने कुण्ठा आज हटाई दिनुहोस्। अब राष्ट्रघातीको पहिचान हुनुपर्छ।’ उनको प्रश्‍न थियो, ‘मधेशी भनेपछि राष्ट्रियतामा शंका गर्ने? नश्लिय चिन्तन बोकेकाहरू हटाइदेऊ, प्रत्येक मधेसी सेना भएर सीमाको रक्षा गरेको छ।’

त्यसैगरी उपेन्द्र यादवले सुगौली सन्धिमा भन्दा पनि पछाडि हटेर महाकाली सन्धि गर्दा नेपाललाई अहित भएको दाबी गर्दै भने, ‘महाकाली सन्धि पारित गर्दा लिपुलेक, लिम्पियाधुरा र कालापानी किन थाहा भएन कांग्रेस र कम्युनिस्टका नेताजीहरूलाई ? उनले यतिबेला नक्सा सच्चाएको भनेर गर्व गर्ने कांग्रेस र कम्युनिस्टहरुले अब महाकाली सन्धिमा गल्ती भयो भनेर माफी माग्‍नुपर्ने बताए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …